पर्यटनमन्त्री आलेको निर्देशन

नारायणहिटी परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काइने

 

संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काइएको छ ।

सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो ।

बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काइएको छ ।

आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रेष्टुराँ परिसरमा बनेको थप संरचना भत्काउन पत्राचार गरेको बताउँदै कार्यकारी निर्देशक दाहालले थप संरचना भत्काउन लगाउनु भएको हो ।

२०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समुहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियो । नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समुहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको हो ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभएको थियो। नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निणर्य प्रक्रियाका बारेमा समितिले छानबिन गर्नेछ ।

संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुराँका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु

’पकेटमार र बलात्कारीलाई एउटै सजाय हुन सक्दैन’ : सांसद श्रद्धा कुँवर

काठमाडौँ,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिला माथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गर्नु

सहमतिले होइन, प्रभावकारी कारबाहीले न्याय सुनिश्चित हुन्छ : सांसद गच्छदार

काठमाडौं,८ भदौ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।सोमबार

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट

संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा