दमक, २ भदौ / बिक्रम सम्बत १९८३ साल असार ३२ गते । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं १ पुवा यासोकमा जन्मनु भएका पीताम्वर आचार्य अहिले पनि उत्तिकै जोस जाँगरले भरिएको हुनुहुन्छ ।
अब एक वर्षपछि एकसय वर्ष पार गर्नुहुने आचार्यका ५ छोरा र एक छोरी रहेका छन् । सबै छोराहरु निजामती सेवामा प्रवेश गरी राष्ट्र सेवक कर्मचारी बने । छोरीले पनि राम्रो पढेर आफ्नो सहज जीवनयापन गर्दै छन् ।
पहिले बाल्यकालमै विवाह गर्ने चलन थियो । जस अनुरुप आचार्य आफु १३ वर्षको हुँदा ९ वर्षकी अम्बिकादेवीसँग विवाह वन्धनमा बाँधिनु भएको थियो ।
एक सताब्दी पार गर्नै लाग्नु भएका आचार्यसँग हामीले त्यो बेलाको पारिवारिक, सामाजिक, तथा अन्य संरचनागत स्थिती कस्तो थियो भन्नेबारेमा संवाद गरेका छांै । प्रस्तुत छ आचार्यसँग सहकर्मी भूमिराज पराजुलीले गर्नु भएको संवाद –