भदौ २२ गते चितवनमा भेट्रान फुट्सल टुर्नामेन्ट

दमक, १३ भदौ /  चितवनमा एम एफ टी भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। यही भाद्र २२ गते भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । मर्निङ्ग फुटसल टिम (एम.एफ.टी) का आयोजक कमिटी सदस्य दिपक पन्तले बताउनुभयो । पन्तका अनुसार २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ । ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ। एम एफ टी मर्निङ्ग फुटसलमा १६ ओटा ओटा समुहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ । खेल सकिए लगत्तै बिजेता र उपबिजेता टिमलाई नगद पुरस्कार, मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै प्रतियोगिताभरिका सर्वाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्कृस्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही रु.२००० नगद प्रदान गरिनेछ । उक्त प्रतियोगिता चितवनको बाह्रघरे स्थित क्यासी फुटसल परिसरमा हुने भएको छ।

 

फुट्सलले युवामा विभिन्न प्रकारका प्रेरणा र सकारात्मक प्रभावहरू प्रदान गर्न सक्ने हेतुले आयोजना गरेको पन्तले बताउनु भयो। यो खेल केवल शारीरिक फिटनेस र खेलकुदको दक्षता मात्र होइन, व्यक्तित्व विकास र जीवन कौशलहरूको पनि विकासमा योगदान पुर्याउँछ उहाले बताउनु भयो । सो खेलमा प्रवेश शुल्क चार हजार तोकिएको छ भने, विजेता टिमलाई चालिस हजार, त्यस्तै उपविजेता टिमलाई वीस हजारका साथै मेडल, टफ्रि र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

मुख्य प्रायोजकमा मर्निंग फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा शक्ति प्यानल र चितवन व्हीलर्स रहेका छन् । त्यस्तै मेडिकल पार्टनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक रहनेछ। यस प्रतियोगिताको प्रायोजकहरुमा मेरो किनमेल, भज्जु चुल्हो, प्रिमिएर अटो ट्रेडर्स, र अन्य धेरै उद्योग तथा व्यवसायहरु रहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ