भदौ २२ गते चितवनमा भेट्रान फुट्सल टुर्नामेन्ट

दमक, १३ भदौ /  चितवनमा एम एफ टी भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। यही भाद्र २२ गते भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । मर्निङ्ग फुटसल टिम (एम.एफ.टी) का आयोजक कमिटी सदस्य दिपक पन्तले बताउनुभयो । पन्तका अनुसार २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ । ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ। एम एफ टी मर्निङ्ग फुटसलमा १६ ओटा ओटा समुहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ । खेल सकिए लगत्तै बिजेता र उपबिजेता टिमलाई नगद पुरस्कार, मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै प्रतियोगिताभरिका सर्वाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्कृस्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही रु.२००० नगद प्रदान गरिनेछ । उक्त प्रतियोगिता चितवनको बाह्रघरे स्थित क्यासी फुटसल परिसरमा हुने भएको छ।

 

फुट्सलले युवामा विभिन्न प्रकारका प्रेरणा र सकारात्मक प्रभावहरू प्रदान गर्न सक्ने हेतुले आयोजना गरेको पन्तले बताउनु भयो। यो खेल केवल शारीरिक फिटनेस र खेलकुदको दक्षता मात्र होइन, व्यक्तित्व विकास र जीवन कौशलहरूको पनि विकासमा योगदान पुर्याउँछ उहाले बताउनु भयो । सो खेलमा प्रवेश शुल्क चार हजार तोकिएको छ भने, विजेता टिमलाई चालिस हजार, त्यस्तै उपविजेता टिमलाई वीस हजारका साथै मेडल, टफ्रि र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

मुख्य प्रायोजकमा मर्निंग फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा शक्ति प्यानल र चितवन व्हीलर्स रहेका छन् । त्यस्तै मेडिकल पार्टनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक रहनेछ। यस प्रतियोगिताको प्रायोजकहरुमा मेरो किनमेल, भज्जु चुल्हो, प्रिमिएर अटो ट्रेडर्स, र अन्य धेरै उद्योग तथा व्यवसायहरु रहेका छन्।

Share: