बुबाको मुख हेर्न दिनमा जनप्रतिनिधिको घरदैलो कार्यक्रम

दमक , भदौ १७
चुनावका बेला भोट माग्दै गाउँ जाने जनप्रतिनिधि अचेल गाउँलेको हालचाल बुझ्न पनि बेला बेला गाउँ पस्ने गर्दछन् ।
घर घर जाने । बस्ने । गफ गर्ने र घरमा रहनु भएका ८५ वर्ष माथिका बुबाहरुलाई उपहार समेत दिएर बुबाको मुख हेर्ने कार्यक्रम समेत गरियो ।

शीरमा ढाकाको टोपी, फलफुल र अन्य केही खानेकुराको प्याकेट दिएर दमक नगरपालिका वडा नं ५ ले बुबाको मुख हेर्ने कार्यक्रम मनाएको छ ।

वडामा ८५ वर्ष भन्दा माथिका ३५ घर जना बुबाहरुलाई घर घरमै गएर यसरी उपहार समेत प्रदान गदैै ज्येष्ठ नागरिकसग भेट्ने काम गरिएको छ ।

८८ वर्षीय तोणर् बहादुर बस्नेतलाई चुनावका बेला मात्रै घर घरमा भोट माग्न आउने जनप्रतिनिधि यसरी उपहार लिएर पनि घर आउँछन् भन्ने लागेकै थिएन ।

तर एक्कासी यसरी घरमा आउँदा उहाँ पनि छक्क पर्नु पर्दै भन्नु हुन्छ ‘यस्तो कार्यक्रम त निकै राम्रो लाग्यो यस्ता कार्यक्रमले निरन्तर्ता पाओस ।’

जन्म र कर्म दिने दुवै बुबाको सम्झनामा मनाइने कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन ५ का जनप्रतिनिधिले कर्म दिने बाहरुको मुख हेरेर मनाएका छन् । वडाध्यक्ष इन्द्र गुरुङ भन्नु हुन्छ ‘उहाँहरुलेनै हामीलाई भोट दिएर कर्म गर्ने अधिकार दिनु भयो । त्यो बेला पनि पनि हामीले भनेका थियौ कि हामी जितेपछि पनि घर घरमै आएर भेट्ने छौ । ’ अहिले यो अवसर रहेकोले केही उपहार सहित भेट्न आएको बताउँदै वडाध्यक्ष गुरुङ थप्नु हुन्छ हामीले हरेक दुई दुई महिनाको अन्तरालमा वडाका ज्येष्ठ नागरिकहरुलाई भेट्ने सेड्यूलनै बनाएका छौ । हामी त्यही गरेर हिड्ने छौ । भेट्ने छौ ।

यो कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई पनि सहभागी हुनु भएको थियो । भन्नु भयो ‘हाम्रो सस्कार र सस्कृतिको जगेणर्ा गर्न पनि यो खाले कार्यक्रम महत्वपूणर् हुन्छ । ज्येष्ठ नागरिकसग हामी जोडिन यी जस्तै अन्य विभिन्न कार्यक्रम लिएर नगरको टोली घर घर पुगिरहने छ ।

 

दमक नगरपालिका वडा नं ५ ले यहाँ बसोबास गर्नुहुने ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार, सामाजिक सुरक्षा भत्ता, तथा अन्य सेवाहरु घर घरमै गएर प्रदान गर्दै आएको छ । यसले जनप्रतिनिधि र जनता वीचको सम्बन्धलाई अझ प्रगाढ राख्न मद्यत गर्ने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ