दमक , भदौ १७
चुनावका बेला भोट माग्दै गाउँ जाने जनप्रतिनिधि अचेल गाउँलेको हालचाल बुझ्न पनि बेला बेला गाउँ पस्ने गर्दछन् ।
घर घर जाने । बस्ने । गफ गर्ने र घरमा रहनु भएका ८५ वर्ष माथिका बुबाहरुलाई उपहार समेत दिएर बुबाको मुख हेर्ने कार्यक्रम समेत गरियो ।
शीरमा ढाकाको टोपी, फलफुल र अन्य केही खानेकुराको प्याकेट दिएर दमक नगरपालिका वडा नं ५ ले बुबाको मुख हेर्ने कार्यक्रम मनाएको छ ।
वडामा ८५ वर्ष भन्दा माथिका ३५ घर जना बुबाहरुलाई घर घरमै गएर यसरी उपहार समेत प्रदान गदैै ज्येष्ठ नागरिकसग भेट्ने काम गरिएको छ ।
८८ वर्षीय तोणर् बहादुर बस्नेतलाई चुनावका बेला मात्रै घर घरमा भोट माग्न आउने जनप्रतिनिधि यसरी उपहार लिएर पनि घर आउँछन् भन्ने लागेकै थिएन ।
तर एक्कासी यसरी घरमा आउँदा उहाँ पनि छक्क पर्नु पर्दै भन्नु हुन्छ ‘यस्तो कार्यक्रम त निकै राम्रो लाग्यो यस्ता कार्यक्रमले निरन्तर्ता पाओस ।’
जन्म र कर्म दिने दुवै बुबाको सम्झनामा मनाइने कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन ५ का जनप्रतिनिधिले कर्म दिने बाहरुको मुख हेरेर मनाएका छन् । वडाध्यक्ष इन्द्र गुरुङ भन्नु हुन्छ ‘उहाँहरुलेनै हामीलाई भोट दिएर कर्म गर्ने अधिकार दिनु भयो । त्यो बेला पनि पनि हामीले भनेका थियौ कि हामी जितेपछि पनि घर घरमै आएर भेट्ने छौ । ’ अहिले यो अवसर रहेकोले केही उपहार सहित भेट्न आएको बताउँदै वडाध्यक्ष गुरुङ थप्नु हुन्छ हामीले हरेक दुई दुई महिनाको अन्तरालमा वडाका ज्येष्ठ नागरिकहरुलाई भेट्ने सेड्यूलनै बनाएका छौ । हामी त्यही गरेर हिड्ने छौ । भेट्ने छौ ।
यो कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई पनि सहभागी हुनु भएको थियो । भन्नु भयो ‘हाम्रो सस्कार र सस्कृतिको जगेणर्ा गर्न पनि यो खाले कार्यक्रम महत्वपूणर् हुन्छ । ज्येष्ठ नागरिकसग हामी जोडिन यी जस्तै अन्य विभिन्न कार्यक्रम लिएर नगरको टोली घर घर पुगिरहने छ ।
दमक नगरपालिका वडा नं ५ ले यहाँ बसोबास गर्नुहुने ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार, सामाजिक सुरक्षा भत्ता, तथा अन्य सेवाहरु घर घरमै गएर प्रदान गर्दै आएको छ । यसले जनप्रतिनिधि र जनता वीचको सम्बन्धलाई अझ प्रगाढ राख्न मद्यत गर्ने विश्वास गरिएको छ ।