सडकमा बेवारिसे भएकाहरुको दमकबाट उद्धार सुरु

दमक, २८ भदौ ।  दमकको मुख्य चोक । साँझको समय । एकजना व्यक्ति सडकको किनारमा बसिरहनु भएको थियो । सडकमा हिड्नेहरुले के दिन्छन् त्यहि खाने र सडकमै सुत्ने गर्दै आउनु भएको थियो । निकै दिनदेखि भरपेट खान नपाएको दुर्गन्धित शरीर भएको कमजोर व्यक्ति जो बोल्न सक्ने भएपनि आफ्नो घर ठेगाना र नाम समेत बिर्सिसक्नु भएको थियो ।

 

 

अन्दाजी ३५ वर्षका ती पुरुषलाई आफु कहिलेदेखि घर छोडेर हिडेको भन्ने समेत थाह थिएन । निकै दिनदेखि यसरी सडकमा वेवारिसे भएको देखेपछि केही स्थानीयले दमक नगरपालिका वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) लाई खवर गरिदिए । वडाध्यक्ष दाहालले पनि आफ्नो सम्पर्कमा रहेको मानव उद्धार सेवालाई सम्पर्क गर्नु भयो । यसरी आपसी समन्वय र सहकार्र्य भएपछि ती पुरुषको अहिले उद्धार गरिएको छ ।

 

 

यतिमात्र नभएर वडाध्यक्ष दाहाललकै पहलमा झापाकै कमल गाउँपालिका वडा नम्बर ५ रतुवा नदी पूर्वबाट पनि अर्का एक वेवारिसे बृद्धको उद्धार गरिएको छ ।
भदौको गर्मीमा टाउकामा उनको बाक्लो टोपी । छेउमा एउटा बोरा । बोराभित्र उहाँका पुराना कपडा । शरीरमा पनि च्यातिएका र टालिएका कपडाले ढाकिएको थियो । कस्ले दिन्छ र खाने भन्ने आशे जीवन जिइरहनु भएको थियो । पाटी पौवा वा मन्दिरको पेटी वा सडक किनारमा रहेका पसलको पेटी उहाँको रात काट्ने थलो थियो । उहाँले पनि आफ्नो नाम वतन केही बताउन सक्नु भएन ।

 

उद्धार गरेर लगिएका यी सडक मानवलाई दमक २ स्थित पुरानो वडा कार्यालय रहेको भवनमामा भर्खरै स्थापना भएको मानव उद्धार सेवाले खाने, बस्ने र उपचार समेत गरिदिने व्यवस्था मिलाइदिएको छ । यसको दमक समन्य समितिका अध्यक्ष रहनु भएका रेवतराज भण्डारी भन्नु हुन्छ ‘पहिलो प्रयास परिवारसगको खोजी हो । सकेसम्म परिवारसंग मिलन गराउने छांै । यदि सम्भव भएन भने हामी यहाँ बसुञ्जेल सबै आवश्यकता पुरा गर्दै राख्ने छौ ।’

 

 

दमकमा अहिले यस्ता सडक मानवको उद्धार गर्नकालागि भन्दै मानव उद्धार सेवासँग सम्झौता गरिएको छ । नगरपालिकासँग भएको सम्झौता अनुसार मानव उद्धार सेवालाई सेवा सञ्चालन गर्न नगरपालिकाले निःशुल्क भवन उपलब्ध गराइदिएको छ । नगरपालिकाकै संरक्षणमा त्यहाँ लाग्ने सबै खर्च र अन्य कुराको प्रबन्ध सेवा प्रदायक सस्था अर्थात मानव उद्धार सेवालेनै गर्नु पर्ने हुन्छ । यसरी दमकमा सुरु भएको यो सेवाले सडक मानवरहित बनाउने राज्यको लक्ष्य पुरा गराउन मद्यत गर्ने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ