दमक नगरको बजेट पुस्तिका सार्वजनिक, के के पर्यो कार्यक्रममा ? ( भिडियोमा हेरौं )

दमक, ३ असोज ।  दमक नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यक्रम समेटिएको बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

 

 

बुधबार दमक नगरको सभाहलमा सम्पन्न कार्यक्रममा बिभिन्न योजनाहरु समेटिएको बजेट नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरिएको हो ।
सीमित श्रोतसाधनबाट असीमित आवश्यकता पुरा गर्ने चुनौती रहेको भन्दै विकास व्यवस्थापनका प्राथमिकता समेटिएको सो पुस्तक सार्वजनिक गरिएको उल्लेख छ ।

 

‘गुणस्तरीय शिक्षामा लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने नारा सहित नगरले शिक्षालाई प्राथमिकता दिएर कार्यक्रम सार्वजनिक गरेको छ । जसअन्तर्गत अभिभावकविहीन बालबालिकाको नगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने र माद्यमिक तहसम्मको अध्ययन गर्ने अवसर प्रदान गर्ने कार्यक्रम समावेश गरिएको छ ।
नगरमा रहेका सबै सामुदायिक विद्यालयलाई डिजिटलाईजेशन गर्ने गरिका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।
यसैगरी, लिम्बू र धिमाल भाषालाई स्थानीय शिक्षा प्राणालीमा आवद्ध गराउने पनि कार्यक्रममा समावेश छ ।

 

‘दमकका महिला उद्यममा पहिला’ नारा ल्याउँदै हरेक वडामा कम्तिमा एउटा महिलाको मात्रै उपभोक्ता समिति गठन गरी विकास व्यवस्थापनको कार्य सञ्चालन गर्ने । त्यसका लागि उत्कृष्ट कार्य गरेकोखण्डमा सम्बन्धित टोल विकास संस्थाको सिफारिसका आधारमा १ लाख ५० हजार नगद सहित सम्मानपत्रले सम्मान समेत गर्ने नगरको रातो कितावमा उल्लेख गरिएको छ ।

 

‘व्यवस्थित सहर दमकबासीको रहर’ भन्ने नारालाई सार्थकता दिन नक्सा बैंक निर्माण गरी कार्यान्वयनमा ल्याइँने, साझेदारी गर्दा कामको प्रकृतिका आधारमा ६५ देखि ८० प्रतिशतसम्म नगरपालिकाले व्यहोर्नेगरिको साझेदारी कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

 

नगरपालिकाले यो वर्ष विकासका काम र अन्य गतिविधि सम्पन्न गर्नका लागि १ अर्व ६३ करोड ८ लाख रुपैँयाको बजेट नगर पुस्तिकामा प्रकाशन गरेको छ ।
गत असार ९ गतेको नगरसभामा पेस गरिएको बिनियोजन बिधेयक २०८१ असार २१ गतेको नगरसभाले पारित गरेको थियो । बजेट पुस्तिका सार्वजनिकसँगै नगरका शाखागत रिपोर्ट तथा वडागत वार्षिक रिपोर्ट पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

 

यसखाले कार्यक्रमको पुस्तिका सार्वजनिक भएपछि कार्यक्रममा सहभागी स्थानीय तीर्थराज बस्नेत, भेषराज न्यौपानलेसहितले आआफ्नो विचार, राय र सुझाव पनि राख्नुभएको छ ।

 

 

यसपछि अवकास प्राप्त शिक्षकहरुलाई, एसईईमा उत्कृष्ट अंक ल्याउने दमकका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । यस्तै, कृषि विकास शाखा, खरिद तथा जिन्सी उपशाखा उत्कृष्ट शाखा भएको भन्दै तत् शाखालाई सम्मान गरिएको छ । उत्कृष्ट वडा तर्फ वडा नम्बर ३ र ७ लाई सम्मान गरिएको छ ।

 

वडा र शाखागत प्रस्तुतिलाई कामको मूल्यांकन गर्नका लागि पनि यसखाले रिपोर्टहरु सार्वजनिक गर्न अभ्यास थालिएको नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाउनु भयो । सबैले उत्कृष्ट कार्यक्रम गर्ने गरेको भएपनि कर्मचारीसहितको वडा र शाखालाई नगरवासीको उपस्थितीमा हुने सार्वजनिक सम्मानले थप प्रेरणा र सुझाव समेत पाउन सकिने उहाँले धारणा राख्नुभयो ।

 

यसपछि सहभागिको जिज्ञासालाई समेत जवाफ दिदै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले भन्नु भयो ‘कार्यक्रम त सार्वजनिक गरिएको छ । तर यसको कार्यान्वायन गर्न भने उत्तिकै चुनौती समेत रहेको छ । ’ सीमित श्रोतसाधानका कारण जनताका अपेक्षा पुरा गर्न नसकिएला कि भन्ने डर आफुमा रहेको नगर प्रमुख थापाले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ