अधिवेशन आयोजक कमिटी गठन

रिटर्नी फेडेरेसन कोशी प्रदेश कमिटीको विस्तारित बैठक

दमक, ४ असोज ।  बैदेशिक रोजगारबाट फर्किएर आएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपालको कोशी प्रदेश कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम झापाको दमकमा सम्पन्न भएको छ ।

 

संविधान दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी इञ्चार्ज शेरधन राईले देश विकासका लागि एमालेको जनसंगठनका रुपमा रहेको रिटर्नी फेडेरेसनको भूमिका अहम् रहने विश्वास व्यक्त गर्नुभयो । राज्यका नीतिसँग जोडिएर देशमा केही योगदान गर्ने रिटर्नीलाई सफल बनाउन आवश्यक रहेको समेत बताउनु भयो ।

 

नेकपा एमाले केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन इञ्चार्ज डा. कृष्ण केसीले परिवारसँगको विछोडमा विदेशमा संघर्ष गर्नुपर्दाको पीडा उल्लेख गर्दै विदेशबाट श्रम गरेर फर्किएकाहरुको दिगो व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राख्नु भयो । उहाँले रिटर्नीका लागि सरकारले ठोस नीति निर्माण गर्नुपर्ने बताउनु भयो ।

 

 

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले रिटर्नीलाई शुभकामना दिँदै एमालेका नेताहरुले पनि सामाजिक परीक्षणमा आफूलाई पास गराएर अघि बढ्नु आवश्य रहेको बताउनु भयो । तब मात्र मिसन ०८४ मा सफलता हाँसिल हुने धारणा राख्नु भयो ।

 

एमाले कोशी सचिवालय सदस्य एवम् कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले विदेशमा सिकेको ज्ञान, सीप र अनुशासनलाई प्रयोग गरी देशमा रोजगारी सिर्जना गर्ने कुरामा रिटर्नीहरुको भूमिका रहने उल्लेख गर्नुभयो ।

 

संगठनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख उपस्थितिमा सम्पन्न सो बैठकले संगठनको कोशी प्रदेश कमिटीको संयोजक धर्मेन्द्र खड्का, सचिव एकराज सापकोटा सहितको अधिवेशन आयोजक कमिटी गठन गरेको छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाहरुबाट उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ