"उज्यालो संवाद "

०८४ मा माओवादी झापामा एक्लै चुनावमा लड्ने ः अध्यक्ष अग्नी

दमक, ७ असोज   नेकपा माओवादी केन्द्रका झापा अध्यक्ष राजु आचार्य अग्नीले अबको निर्वाचनमा जिल्लामा माओवादी एक्लै निर्वाचनमा जाने बताउनु भएको छ ।

 

उज्यालो खबरसँगको उज्यालो संवादमा उहाँको ०८४ को निर्वाचनमा अरु कुनै पार्टीसँग समीकरण नगरी माओवादी एक्लै लड्ने र जित्ने समेत दाबी गर्नुभयो । ‘स्थानीय तहमा आउँदा पार्टीमा मोर्चावन्दी गरेर चुनाव लड्नुको अर्थ छैन, संगठनलाई नै असर पार्छ ।’

 

पार्टीका कोशी प्रदेश कमिटी सदस्य समेत रहनु भएका उहाँले अरुसँग समीकरण गर्नुले पार्टीमा असहज हुने उल्लेख गर्दै पछिल्लो समयको तीन महिने पार्टी सुदृढीकरण कार्यक्रमले झापामा पार्टीलाई दर्बिलो बनाएको बताउनु भयो ।

 

मानिसका आकांक्षा पनि धेरै भए अनि शान्ति सम्झौतामा आएपछि संसदीय राज्य प्रणालीबाट दलहरुका गतिविधि फितलो भएको उल्लेख गर्नुभयो । पार्टीहरु सुध्रिनु पर्ने अवस्था रहेको उल्लेख गर्दै माओवादीका कमि कमजोरीलाई पनि सुधार्दै जानु पर्ने बताउनु भयो ।

 

Share: