फोनिज झापामा राजवंशी, डिकमान स्मृति पुरस्कार सुब्बालाई

दमक, माघ १९
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित बन्नु भएको छ ।

 

शनिबार बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनबाट स्थापनाको २५ वर्षको अवधिमा पहिलो पटक यसको नेतृत्व आदिवासीले संम्हाल्ने अवसर मिलेको हो । आगामी तीन वर्षे कार्यकालका लागि उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, मीना नेम्बाङ, सुमन बेघा, सौरभ मुखिया‘ए’ र डिके शेर्मा चुनिनु भएको छ ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दीपिन राई, गणेशमान मुखिया, , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, भूमिका फियाक, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई चयन हुनुभयो ।

 

कार्यक्रममा २५ हजार राशिको स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत गरिएको छ । त्यस्तै ५ हजार राशिको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण वान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिका विमोचन गरिएको थियो ।

 

फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश सदस्य अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच