अमेरिकामा साहित्यकार सीता पाण्डेको एकल कविता वाचन

वाशिङटन डिसी, माघ २२
नेपाली साहित्यकी सुप्रसिद्ध कवि सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम अमेरिकाको वाशिङटन डिसीस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा भव्य रूपमा सम्पन्न भएको छ ।

 

अमेरिका नेपाल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार पाण्डेले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जनभन्दा बढी उत्कृष्ट कविताहरू वाचन गर्नुभयो । उहाँका भावनात्मक कविताहरूले उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध तुल्याए । कार्यक्रममा कविहरू सुभाष उप्रेती, जगन्नाथ पौडेल, सहदेव पौडेल तथा पुष्पा खनालले पनि आफ्ना कविता वाचन गर्दै साहित्यिक माहोललाई थप जीवन्त बनाउनु भयो ।

 

प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी ‘प्रेरणा’ले अतिथिहरूलाई स्वागत गर्दै प्रतिष्ठानले पहिलो पटक एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको जानकारी गराउनु भयो । साथै, उनले आगामी दिनहरूमा पनि यस्ता साहित्यिक शृङ्खलालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

सन् २०१४ मा स्थापित प्रतिष्ठानले वासुशशी जयन्ती, हरिभक्त कटुवाल जयन्ती, तारानाथ शर्मा स्मृति सभा तथा पुस्तक चर्चा कार्यक्रमहरू आयोजना गर्दै आएको उल्लेख गर्दै, नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा अमेरिकी कवि वाल्ट ह्विटम्यान समर्पित कवि गोष्ठीको आयोजना गरिसकेको जानकारी गराउनु भयो ।

 

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणले यस्ता साहित्यिक गतिविधिहरूले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्धलाई सशक्त बनाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

 

 

साहित्यकार सीता पाण्डेको परिचय तथा उहाँको साहित्यिक योगदानबारे वसन्त श्रेष्ठले प्रकाश पार्नुभयो । कार्यक्रममा साहित्यकार होमनाथ सुवेदीले पाण्डेका कविताको समीक्षा गर्दै उहाँलाई समकालीन नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान राख्ने कविका रूपमा व्याख्या गर्नुभयो ।

 

साहित्यकार सीता पाण्डेलाई प्रमुख अतिथि आरणको हातबाट सम्मान पत्र प्रदान गरियो । कार्यक्रम सञ्चालन कवि तारा पराजुलीले गर्नुभयो, जसले आफ्नो कुशल संयोजनद्वारा साहित्यिक माहोललाई आकर्षक बनाउनु भएको थियो ।
कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये