त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिस्बर्गको पेन्सलभेनियामा साहित्यिक कार्यक्रम

पेन्सलभेनिया, फागुन ५
त्रिवेणी साहित्य मञ्चको आयोजनामा अमेरिकास्थित ह्यारिस्बर्गको पेन्सलभेनियामा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत श्रृङ्खला–६ मा विभिन्न साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए । उपस्थित दर्शकहरूले साहित्यिक माहोलको भरपूर आनन्द लिएका थिए ।

लेखक सोम भण्डारीद्वारा लिखित chasing an Unknown Destiny पुस्तकको विमोचन तथा गुन्जन र अन्तरा उपाध्याय दिदीबहिनीद्वारा सञ्चालित Nepsisters युट्युब च्यानलको सार्वजनिक उद्घाटन गरिएको थियो ।

 

त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोको अध्यक्षताको कार्यक्रममा डा. तुलाराम न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । विशेष अतिथिका रूपमा साहित्यकार सीता पाण्डे उपस्थित रहनु भएको थियो । भण्डारीद्वारा लिखित सो कृतिबारे चर्चा गर्दै डा. न्यौपाने र डा. नारद पोख्रेलले आ–आफ्ना विचार प्रस्तुत गर्नुभयो । डा. न्यौपानेका अनुसार, उक्त कृति लेखकका आफ्नै भोगाइ र जीवनका कथाहरूसँग सम्बन्धित छ । डा. नारद पोख्रेलले यस कृतिलाई सरल र सुन्दर शैलीमा प्रस्तुत गरिएको उत्कृष्ट रचना भएको टिप्पणी गर्नुभयो ।

 

सांस्कृतिक प्रस्तुतिकरणतर्फ बालकृष्ण न्यौपानेले आफ्नो सुमधुर गायनमार्फत सबैलाई मोहित पार्नुभयो भने ल्यान्कास्टरबाट आएका बालप्रतिभाहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरे ।

 

कार्यक्रममा खेम अधिकारी, नारद अधिकारी, ओम घिमिरे, विनिता पुरी, गण्डकी पुत्र, तुङ्गनाथ उपाध्यायलगायत साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सफल सञ्चालन त्रिवेणी साहित्य मञ्चका सचिव नारद आचार्य “सुदामा” ले गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये