हरि उप्रेतीको अनुरोध : ‘खोली तरी लौरी नविर्स’

अमेरिका, चैत ५
नेपाली गीतसंगीतमा लोक दोहोरीशैलीको एउटा सिर्जना थपिएको छ । जो मन छुने सृजनाका रुपमा तयार छ । भूटानबाट पुनर्वास भई अमेरिकामा बस्दै आउनु भएका नेपालीभाषी गीतकार हरि उप्रेतीको शब्दमा तयार ‘लौरी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ, जसले प्रेमी–प्रेमीकाबीचको आत्मीय सम्बन्ध र नेपाली लोकसंस्कृतिको सौन्दर्यलाई सुन्दर रूपमा उजागर गर्छ ।

 

सागर लामाको लोक आधुनिक संगीत र कृष्ण केसीको एरेञ्जमा ख्यातिप्राप्त गायक प्रमोद खरेलकासाथमा तृप्ति खड्का गुरुङको सुमधुर स्वर छ । विजय गुरुङको निर्देशनमा विजय गुरुङ र जुना विश्वकर्मालाई मोडेलका रुपमा गीतको भाकामा प्रस्तुत गरिएको छ । प्रकाश खड्का समूहको सिनेमेटोग्राफी रही नेपालका ग्रामिण बस्तीमा छायांकन भएको भिडियोलाई ड्र्यागन पिक्चर्सका मिलन विश्वकर्माले सम्पादन तथा नरेश पाण्डेले मिक्सिङ/मास्टरिङ गर्नुभएको छ । मिडिया प्रवद्र्धनमा पत्रकार अर्जुन प्रधान रहनु भएको छ ।

 

‘लौरी’ गीतले प्रेमी–प्रेमीकाबीचको स्नेह, चाहना र जीवनका उतार–चढावलाई लोकदोहोरी शैलीमा प्रस्तुत गर्छ । मिठासपूर्ण शब्द, गहकिलो संगीत र उत्कृष्ट स्वर संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ । नेपाली लोकसंस्कृतिको मौलिकतालाई जोगाउँदै आधुनिक स्वाद दिन खोजिएको यो गीत सबै उमेर समूहका स्रोताहरूका लागि मनमोहक बन्ने गीतकार उप्रेतीको अपेक्षा छ ।

 

गीतकार उप्रेती नेपाली गीत संगीतको क्षेत्रमा परिचित नाम हो । आप्रवासी नेपाली सर्जकका रूपमा उहाँले डेढ दशकदेखि नेपाली गीत–संगीत, साहित्य तथा संस्कृतिको पाटोमा निरन्तर काम गर्दै आउनु भएको छ । उहाँ आप्रवासी नेपाली गीतकार संघ, अमेरिकाका अध्यक्ष समेत हुनुहुन्छ । लोकगीतको संरक्षण तथा प्रवद्र्धन गर्दै आउनुभएका उप्रेतीका सिर्जनाहरूले नेपाली लोकसंस्कृतिलाई आधुनिक शैलीसँग जोड्ने काम गर्दै आएका छन् ।

 

गीतकार उप्रेती भन्नुहुन्छ ‘लोकसंस्कृतिको संरक्षण गर्नु हाम्रो पहिचानको रक्षा गर्नु हो । ‘लौरी’ गीतले प्रेम मात्र नभई नेपाली लोकभाषा र संस्कृतिको सुगन्धसमेत बोकेको छ ।’ गीत सार्वजनिक भएसँगै श्रोताहरूबाट राम्रो प्रतिक्रिया आइरहेका छन् । गीतको म्युजिक भिडियोले पनि खोलानाला, पहाडसहितको ग्रामिण सांस्कृतिक सौन्दर्य उजागर गरेको छ ।

 

नेपाली लोकगीतहरू केवल मनोरञ्जनका माध्यम मात्र होइनन्, ती हाम्रो मौलिक पहिचानका संवाहक पनि हुन् । हरि उप्रेतीजस्ता समर्पित सर्जकहरूले लोकगीतलाई समयानुकूल बनाएर प्रवद्र्धन गर्न गरेको प्रयास सह्रानीय छ । ‘लौरी’ गीतले पनि नेपाली लोकदोहोरी संगीतमा विशेष स्थान बनाउने विश्वास गरिएको छ । गीत हरि उप्रेती अफिसियल युट्युब च्यानलमा उपलब्ध छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये