सिप सिकाउँदै

फ्याकिएको बोराबाट झोला बनाउँन सिकाउँदै दमक नगर

दमक/
दमकका महिला उद्यम गरौ पहिला भन्ने नारा दमक नगरपालिकाले बनाएको छ । यो नाराले दमकका रहेका बेरोजगार महिलाहरुलाई उद्यममा लाग्न अभिप्ररित गर्ने नारा हो । नगरले नारा मात्र बनाएको छैन । यसलाई मुर्त रुप दिनकालागि विभिन्न महिला लक्षीत विभिन्न सिपमुकलक कार्यक्रमहरु पनि बनाएको छ । शिर्षकगत बजेट नै छुट्याएर नगरले बनाएको कार्यक्रमबाट यहाँका महिलाहरुले लाभ लिइरहेका छन् । यहि नारा अन्तर्गत रहेर दमकको वडा नं ७ का महिलाहरुलाई अर्को नयाँ सिप सिकाउने कार्यक्रमको थालनी भएको छ ।

यहाँ फ्याकिएका र प्रयोगमा आइसकेका बोरा तथा प्लाष्टिकहरुको पूःन प्रयोगबाट घरायसी सामाग्रीका साथै झोला समेत बनाउन तालिम दिइने छ । १५ जना महिलाहरुलाई सहभागी गराएर दिइने तालिमको नगरकी उप -प्रमुख गीता अधिकारीले उद्धघाटन गर्नु भयो ।
दमक नगरपालिकाको आयोजना, वडा नं ७ को समन्वय र सृजनशिल महिला समुह दमक ७ को व्यवस्थापनमा सुरु भएको तालिम एक महिना सम्म चल्ने छ । तालिमको सहजीकरण सार्क बिजनेश एसोसिएसनकी पूर्वाञ्चल निर्देशक देवी तामाङले गर्नु हुने छ ।

यो तालिमबाट महिलाहरुको परनिर्भरता कम हुनुका साथै महिलाहरुलाई स्वरोगार बनाउन मद्यत पुग्ने कार्यक्रमकी प्रमुख अतिथी गीता अधिकारीले बताउनु भयो ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष भीम पौडेलले महिलारुलाई यस प्रकारको सिपयूक्त तालिमले आयआर्जन बढाउन मद्यत पुग्ने भन्दै तालिम लिइसकेपछि पूःन खाली नबस्न बरु सिकेको सिपलाई व्यवहारमा उतार्न कुनै समस्या भए वडा वा नगरमा सम्पर्क राखेर भएपनि सिपलाई प्रयोगमा ल्याउन अनुरोध गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन