पथरी, ११ बैशाख / विद्यालय र विद्यार्थीको हकहितमा स्थापित मोरङको पथरी शनिश्चरे ९ रिंगुवास्थित सिंहवाहिनी माविमा अध्ययनरत भूतपूर्व विद्यार्थीहरुले अक्षय कोष खडा गर्ने भएका छन् ।
भूतपूर्व विद्यार्थी सञ्जाल गठन गरी यसअघि विद्यालयमा खानेपानीको धारा जडान र विद्यालयमा रंगरोगनमा आफू आफू आर्थिक सहयोग जुटाएको थियो । सञ्जालले अबको तेस्रो काम स्वरुप विद्यार्थीको शिक्षामा सघाउन अक्षयकोष स्थापना गर्ने योजना अघि सारेको अध्यक्ष राजकुमार राईले जनाउनु भयो । जसका लागि विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ को परिच्छेद—३ पूर्व विधार्थी समाज परिचालन सम्बन्धी व्यवस्था र पथरी शनिश्चरे नरपालिकाको संस्था दर्ता ऐन २०७७ बमोजिम नगरपालिका कार्यालयमा सञ्जाल दर्ता गरिएको छ ।
वि.सं. २०३५ सालमा ग्रामिण क्षेत्रको शैशिक विकासका लागि स्थापित सो विद्यालयको शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनको क्षेत्रमा थप सक्रियता आवश्यक रहेको सञ्जालले ठहर गरेको छ ।









