सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

नेपालको हवाई क्षेत्र सुरक्षा उक्त सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

 

 

 

काठमाडौंसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन्।

मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन्।

मन्त्री आलेले भने, ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ।’ उनले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे।

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिइन्। इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरिन् ।

हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै राजदूत डिप्रेले भनिन्, ‘हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरा तर्फबाट म सकारात्मक प्रयास गर्छु।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच