स्पष्टिकरण देउ

पत्रकारले ३ वर्ष बिना काम तलव लिएको र घर बनाइदिएको भन्ने दुर्गा प्रसाइको अभिव्यक्ति प्रति प्रेस चौतारी झापाको ध्यानाकर्षण

झापा/
गत माग १९ गते झापाको बिर्तामोडमा रहेको बि एण्ड सि अस्पतालले एउटा पत्रकार सम्मेलन गरेको थियो । त्यो भन्दा अघिल्लो दिन सेतोपाटी डटकममा प्रकाशन भएको समाचारको खण्डन गर्नकालागि आयोजीत पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अव पत्रकारका विरुद्धमा उत्रने भन्दै पत्रकार सम्मेलन मार्फतनै चेतावनी दिनुभएको थियो । पत्रकार सम्मेलन सकेर बाहिर निस्कने क्रममा प्रसाईले पछिल्लो समय आफुलाई र आफ्नो व्यवसायमा सहयोग नगरेको भन्दै २ जना पत्रकारमाथी आक्रोस पोख्नु भयो ।

नामनै किटान गरेर उहाँले आर्थीक कारोबार गरेको सहित आक्रोस पोख्नु भएको थियो । उहाँले पत्रकार महासघं झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र सोहि सञ्चार गृह सहित अन्य राष्ट्रिय स्तरका सञ्चार माद्यममा काम गर्ने नेपाल पत्रकार महासघं एक नं प्रदेश समितीका कार्यसमित सदस्य समेत रहनु भएका पत्रकार सुरेन्द्र भण्डारीको नामनै तोकेर पोखीएको आक्रोस र लगाइएको आरोपले झापाको पत्रकार समुहमा अहिले सम्मपनि खैलाबैला भइरहेको छ ।

त्यहि पछि पत्रकार महासघं झापाले प्रसाईका विरुद्धमा प्रेस विज्ञप्ती प्रकाशन गरेको थियो । तर त्यो विज्ञप्तीमा प्रसाईले अव पत्रकारका विरुद्धमा लाग्ने भन्नेबारेमा दिइएको अभिव्यक्तिमा मात्रै बिज्ञप्ती केन्द्रित थियो ।

विज्ञप्तीमा महासघंका सचिव डिकेस लामाले हस्ताक्षर गर्नु भएको थियो । तर अध्यक्ष गिरी र प्रदेश सदस्य भण्डारीका बारेमा बोलेको अभिव्यक्तिका बारेमा महासघंको त्यो विज्ञप्तीमा केहि पनि उल्लेख गरिएको थिएन । जिल्लाबाट बिज्ञप्ती प्रकाशन भएको केहि बेरपछि महासघंको केन्द्रले पनि सोहि व्यहोराको विज्ञप्ती प्रकाशन गर्यो ।

त्यहाँपनि गिरी र भण्डारीलाई प्रसाईले लगाएको आरोपको कुनै खण्डन थिएन । यस्तै यसको भोलीपल्ट महासघंको प्रदेश एक कमिटीलेपनि सोहि व्यहोराको बिज्ञप्ती प्रकाशन गरेको थियो ।

खुल्लाम खुल्ला प्रसाईले गिरीलाई केहि कामनै नगरी पत्रकार भएकै कारण बि एण्ड सि अस्पतालबाट ३/४ वर्षको तलव बुझेको र भण्डारीको घर बनाइदिएको भन्ने आरोप लगाउँदा गिरी र भण्डारीले यसबारेमा सार्वजनिक रुपमा कुनै खण्डननै गरेरनन् । अहिले सम्म मौन नै बसेका छन् ।
तर प्रसाईकले सार्वजनिक रुपमै गिरी र भण्डारीका बारेमा दिएको अभिव्यक्तिले सिङ्गो पत्रकारिता जगतलाईने धमिल्याउने काम भएको प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले ठहर गरेको छ । चौतारीले बिहिबार बिज्ञप्ती नै जारी गरेर ‘ नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाअञ्चल दैनिकका सम्पादक एकराज गिरी र सोही सञ्चार गृहमा कार्यरत पत्रकार तथा पत्रकार महासंघ प्रदेश एक समितिका सदस्य सुरेन्द्र भण्डारीको बिषयमा हालै विर्तामोड स्थित बीएण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकारलाई बोलाएर दिएको अभिब्यक्ति, आरोप प्रति प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको गम्भिर ध्यानकर्षण भएको ’ जनाएको छ ।

अध्यक्ष मनकुमार गदालले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ ‘ पत्रकारिता जगतको प्रतिष्ठा नै धमिलो बनाउने, प्रेस क्षेत्रको गरिमालाई तासेर पातलो बनाउने गरी शाखा अध्यक्ष गिरी पत्रकार भएको नाताले विना कामको नै तीन वर्षसम्म हस्पिटलबाट पैसा लिएको र प्रदेश सदस्य भण्डारीलाई घर बनाइ दिएको भन्ने हस्पिटलका निर्देशक प्रसाईको आरोप बीचमा भएको सत्य तथ्य छानविन र दोसी पहिचान गरी कार्वाही गर्न जोडदार माग गर्दछौ ।

यसमा पत्रकार महासंघका नेतृत्वबाट आफ्नो अध्यक्ष तथा पूर्वाअञ्चल पत्रिकाको सम्पादक पदको दुरुपयोग गरि गिरी र पत्रकारिता र महासंघको प्रदेश समिति सदस्य रहेका भण्डारीबीच भएको घटनाको तत्काल नेपाल पत्रकार महासघं केन्द्रिय समिति र प्रेस काउन्सिलबाट छानविन गरि सत्यतथ्य बाहिर ल्याउन जोडदार माग गर्दछौ । यदी पत्रकारिताको वदनाम गर्न सञ्चालक प्रसाईले झुटा अभिव्यक्ति दिएको हो भने यस्तो बिषयमा पत्रकारिता पेशालाई सम्मान गरी पुन यस्ता अभिब्यक्ती सच्याउन माग गर्दछौ । ’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा