दमक/
झापाको दमक २ स्थित बेलडाँगी एकमा एकजना ट्याक्टर मजदुरको मृत्यू भएको छ ।
दमकबाट रतुवा खोलामा बालुवा लिन जाने क्रममा सोमबार दिउँसो करिव ३ः३० बजे तीर ट्याक्टरको पछाडी रहेको ट्रलीमा बसेका एक जना मजदुरको मृत्यू भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यू हुनेमा अन्दाजी ३५ वर्षको जस्तो देखिने मिथुन तामाङ रहेको बताइएको छ ।
को २ त ९१२६ नम्बवरको ट्याक्रले रतुवा नदिबाट बालुवा लिन जाने क्रममा निर्माणधिन बाटोमा थतर्कीएर र ओभर स्पिड भएका कारणले ट्रलीमा बसेका मजदुरको खसेर मृत्यू भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
घटना पश्चात ट्याक्टर चालकले ट्याक्टर बेलडाँगी बजारमा छोडेर फरार भएका छन् । बेबारिसे अवस्थामा छोडीएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कस्को ट्याक्टर हो भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।