सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगरमा गृहमन्त्री अर्याल

विराटनगर,१५ पुस। गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्नु भएको छ। बुधबारदेखि विराटनगरमा सुरु हुने प्रदेश स्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न आज मंगलबार विराटनगर आइपुगेका मन्त्री अर्यालले पत्रकारहरूसँग कुरा गर्दै आफू कुनै दलको सदस्य नभएको दाबी गर्नु भएको छ । विमानस्थलमा सञ्चारकर्मीहरूले सुशासनको नारा दिने मन्त्रीहरू नै पार्टी खोल्न व्यस्त रहेको भनी सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उहाँले भन्नु भयो, ‘म त्यसमा सहभागी छैन, यति मात्र भन्न सक्छु ।’

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्न भोलि विराटनगरमा सुरक्षा गोष्ठी आयोजना गरिएको हो । गोष्ठीको उद्घाटन गर्न गृहमन्त्री अर्याल एक दिनअगावै प्रदेश राजधानी आइपुगनु भएको हो् ।सुरक्षा स्रोतका अनुसार यो बैठक मुख्यतया निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने विषयमा केन्द्रित हुने छ ।
गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहने छ । कार्यक्रममा जिल्ला सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा चुनौतीबारे ‘ब्रिफिङ’ गर्नेछन् र सोही आधारमा प्रदेश स्तरीय सुरक्षा कार्ययोजना तयार पारिने स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका