निर्वाचनमा कांग्रेस र एमालेका पदाधिकारी चुनाव लड्न नपाउने समाचार सत्य नभएको आयोगको दाबी

विराटनगर,१६ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिले प्रचार भएको विषय सत्य नभएको र आयोगले आजै त्यसबारे स्पष्ट पार्दै प्रेस नोट जारी गर्ने तयारी गरेको बताउनु भयो । निर्वाचन आयोगको कालोसूचीमा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राईसहित १०८० जना ‘ब्ल्याक लिस्ट’मा परेको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।
गत २०७९ सालको निर्वाचनमा तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५÷१५ हजार जरिवानासमेत गरेको र उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेको चर्चा भइरहेको हो ।

सहायक प्रवक्ता जिसीले कसैलाई ब्ल्याक लिष्टमा पार्ने काम निर्वाचन आयोगले नगरेको र कानुनमा पनि त्यो व्यवस्था नरहेको बताउनु भयो । ‘यो सूचना नै गलत हो । निर्वाचन आयोगले कसैलाई ब्ल्याक लिष्टमा पारेको पनि छैन र कानुनमा पनि त्यो कुरा उल्लेख छैन,’ जिसीले भन्नु भयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न २०८० वैशाख ४ गते निर्देशन दिएको थियो । त्यहीबेला निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका