निर्वाचन तोकिएकै मितिमा भयरहित वातावरणमा सम्पन्न हुने गृहमन्त्री अर्यालको दाबी

विराटनगर,१६ पुस । गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा धाधलीरहित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने उद्घोष गर्नु भएको छ् । विराटनगरस्थित एसियाटिक होटलमा बुधबारदेखि सुरु भएको ‘कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनु भएको हो।
गृह मन्त्रालय र कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले सुरक्षा रणनीतिलाई मजबुत बनाइरहेको उल्लेख गर्नु भयो ।

गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भन्नु भयो, “निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन सरकार प्रतिबद्ध छ । यसका लागि आवश्यक सुरक्षा कार्ययोजना स्वीकृत भई कार्यान्वयनको चरणमा पुगिसकेको छ ।”
उहाँले भन्नु भयो, “जेन्जी जनआन्दोलन पछिको बदलिँदो परिस्थितिमा गृह प्रशासन सम्हाल्नु चुनौतीपूर्ण भए पनि सरकारले सुरक्षा र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ । आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत र सहयोग पु¥याउने कार्यविधि समेत स्वीकृत भइसकेको छ ।”

गृहमन्त्री अर्यालले १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै निर्वाचन केन्द्रित सुरक्षा योजनामा कुनै सम्झौता नगर्न आग्रह गर्नु भएको छ। प्रदेश स्तरमा मुख्य सचिवको संयोजकत्वमा निर्वाचन सेल गठन भइसकेको जानकारी दिँदै उहाँले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात्को सुरक्षा संवेदनशीलतालाई ध्यान दिन आग्रह गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका