लोकमाया ढुंगाना (सजु) : संघर्षबाट आत्मविश्वाससम्मको यात्रा

दमक,१७ पुस । २०३७ साल कार्तिक ८ गते, पाँचथर फिदिम नगरपालिका–५ चोकमागुमा जन्मिनु भएकी लोकमाया ढुंगाना सजु, मेहनत र मानवीय संवेदनाले हुर्किएकी छोरी। बुबा प्रजापती ढुंगाना र आमा हेमकला ढुंगानाले सिकाएको इमान, धैर्य र सहानुभूति आज पनि उहाँको सोच र कर्ममा जीवित छ।

२०५७ साल। शिक्षा र सम्भावनाको खोजीमा दमक झर्नुभयो। दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्दै जीवनलाई आत्मनिर्भर बनाउने सपना अझ प्रस्ट हुँदै गयो। २०६१ सालमा सानो घुम्ती पसलबाट व्यवसाय सुरु। साधन सीमित थिए, तर आत्मबल बलियो थियो। त्यही घुम्ती पसल आजको सफल उद्यमको आधार बन्यो।

२०७३ सालमा सौभाग्य ट्रेडर्स को स्थापना भयो । आज यहाँ किचन चिम्नी, पानी प्युरिफायर, ग्यास चुलो, किचन हब्स, मोडुलर किचन, रेडिमेड ढोका तथा किचन सम्बन्धी सम्पूर्ण सामग्री सपथ मूल्यमा उपलब्ध छन्। यहाँ बिक्री मात्रै होइन, बिग्रेको सामान मर्मत गरेर ग्राहकको भरोसा जित्ने व्यवसायिक संस्कार पनि यहीँ देखिन्छ। लोकमाया ढुंगानाको व्यवसाय केवल आम्दानीको माध्यम होइन। यो आत्मनिर्भर महिलाको आत्मसम्मान हो। र, अन्य महिलालाई हिम्मत दिने जीवित उदाहरण।
व्यवसायसँगै सामाजिक जिम्मेवारी पनि उहाँको पहिचान हो। असाय मानव सेवा समाजको अध्यक्षका रूपमा रहेर सडक पेटीका मानिसलाई आश्रय दिने अभियान उहाँलेनै चलाउनु भयो । भोकालाई भोजन अभियान उहाँकै पालामा सुरु भयो । र आपतकालीन अवस्थाका मानीसलाई कसरी उद्धार र सहयोग गर्ने भन्ने सीप र तरिका सिक्दै समाजमा प्रयोग गर्दै आउनु भएको छ।

योगदान राष्ट्रका लागि संस्थामा पूर्व जिल्ला सचिव बनेर उहाँले सिक्नुभयो—मानिसलाई केवल सहानुभूति होइन, सही तरिकाले सहयोग कसरी गर्ने भन्ने ज्ञान र प्रेरणापनि । लोकमाया ढुंगाना सजु महिला सशक्तिकरणको कुरा भाषणमा होइन, व्यवहारमा गर्नुहुन्छ। उहाँ बोल्नु भन्दा अघि काम गर्नुहुन्छ। र काम गर्दा नारा होइन, नतिजा देखाउनुहुन्छ। त्यसकारण यही पुस १८ गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा महिला उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएको छ । यो उम्मेदवारी केवल पदका लागि होइन।

यो महिलाको आवाज, साना व्यवसायीको पीडा, र समाज रूपान्तरणको दायित्व बोकेर आएको कदम हो। व्यवसाय बुझ्ने, समाज चिनेको महिलाको भावनालाई नेतृत्वमा रूपान्तरण गर्न सक्ने—लोकमाया ढुंगाना (सजु) एक प्रेरणा। एक भरोसा। र दमकको व्यवसायिक भविष्यमा महिलाको मजबुत उपस्थिति बनी रहनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका